काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले नीति, ऐन तथा कानुन निर्माण गर्दा हतार गर्ने प्रवृत्ति अन्त्य गर्न सरकारसँग आग्रह गरेका छन्। उनले नीति निर्माणअघि पर्याप्त छलफल र संवाद गरी निजी क्षेत्रका सुझावलाई प्रभावकारी रूपमा समेट्नुपर्ने बताएका हुन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष श्रेष्ठले…