वीरगञ्ज । हिन्दुहरुको महान् पर्व बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा वीरगञ्जमा प्रसिद्ध शक्तिपीठ गहवामाईको सम्मानमा १५१ मिटर लामो चुनरी यात्रा निकालिएको छ । महिला भक्तजनहरूको सहभागितामा निकालिएको उक्त चुनरी यात्राले वीरगञ्जको धार्मिक तथा सांस्कृतिक वातावरणलाई भक्तिमय बनाएको छ। दसैँको पहिलो दिन आइतबार बिहानैदेखि वीरगञ्जस्थित गहवामाई मन्दिरमा दर्शनार्थी तथा श्रद्धालुहरूको बाक्लो घुइँचो लागेको थियो। गहवामाईप्रति आस्था…