काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा पहिरो, लेदो र हिलो खस्दा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बेलुका ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण रातिको समयमा सवारी…