काठमाडौं । सरकारले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ। प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले सिफारिस समितिको सिफारिसका आधारमा उपकुलपति नियुक्त गरेका हुन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य नियुक्त भएका छन्। उनी यसअघि न्याम्सको क्यान्सर विभाग प्रमुख थिए। त्यस्तै, पाटन स्वास्थ्य विज्ञान…