काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत मूल्य स्थिरता, आर्थिक वृद्धिमा सहयोग र वित्तीय क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै बैंकिङ प्रणालीका विभिन्न क्षेत्रमा नयाँ नीतिगत व्यवस्था सार्वजनिक गरेको छ। राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा करिब ५.५ प्रतिशत मुद्रास्फीति कायम गर्दै ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न आवश्यक मौद्रिक तरलता र विदेशी विनिमय…