Logo

सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न बिहीबार साँझदेखि राजमार्गमा सवारी आवागमन रोकिएको हो। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिएको जनाएको छ। सहायक…