नेपाल विश्व मानव विकास सुचंकाकको १४७ औ स्थानमा परेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल विश्व मानव विकास सुचकांकको मध्यम श्रेणीमा परेको हो । मानव विकासको सुचंकाकमा १ सय ८९ मुलुकमध्ये नेपाल १४७ औ स्थानमा रहेको छ । यो अफ्रिकी मुलुक केन्याको समान हो । सन् १९९० देखि २०१८…