महोत्तरीको गौशाला नगरपालिकामा चाइना गेटका नामले प्रसिद्ध विवादास्पद पुरानो दुई अति जीर्ण भवनलाई हटाइएको छ । गौशाला नगरपालिकाको सर्वदलीय बैठकको निर्णयअनुसार मंगलबार बिहान ती भवनलाई डोजर लगाएर भत्काइएको हो । नगरपालिकाको किता नं. १५ मा पर्ने त्यो जग्गा वर्षौँदेखिको विवादका कारण भत्काउन नसकिएका कारण ती दुई भवन चाइना गेटको नामले परिचित रहेका संघीय समाजवादी फोरम…