काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी नेताहरूलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील विषय ‘सीमा समस्या’बारे प्रधानमन्त्री शाहले संसद्मा दिएको अभिव्यक्तिको विरोध गर्दै सिंहदरबारको दक्षिण…