त्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारविरुद्ध सडक संघर्षमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई संयमित बन्न चेतावनी दिएका छन् । उनले देशमा अहिले जिम्मेवार प्रतिपक्षको खाँचो रहेको पनि औंल्याए । सोमबार नुवाकोटको खरानीटारमा भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानको सातौँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै कांग्रेसलाई यस्तो चेतावनी दिए ।…