रामेछाप । सीमान्तकृत माझी समुदायलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका–४ को रजगाउँमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको आयोजनामा एक दिने स्वास्थ्य शिविर राखिएको हो । स्वास्थ्य परीक्षणका लागि सहज रूपमा स्वास्थ्य संस्थामा पुग्न नसकेका नागरिकलाई लक्षित गरी शिविर राखिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिए । शिविरमा डा. सविता…