Logo

रारा क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न नेपाली सेनाद्वारा फोटो तथा स्थानीय कला–संस्कृति प्रदर्शनी

मुगु । कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले मुगुको रारा ताल किनारमा फोटो प्रदर्शनी, स्थानीय कला–संस्कृति प्रस्तुति तथा दौड प्रतियोगिता गरेको छ । रारा ताल, धार्मिक तथा सांस्कृतिक सम्पदा, स्थानीय भेषभूषा र कला संस्कृतिको प्रचार–प्रसार गर्दै खेल पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा स्थानीय नागरिक तथा खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।…