मुगु । हिमाली जिल्ला मुगुको पूर्व भेगमा पने मुगमकामारोङग गाउँपालिकामा पाहिने बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्नकोलागि लुकीछिपी चोर्न गएका २५ जना मानिसहरू पक्राउ परेका छन् । मुगु जिल्लाका विभिन्न यार्सा पाटनहरूमा यार्सागुम्बा चोर्न जाँदै गरेका २५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । बिहीबार जिल्लाको मुगुमा कार्मारोङ्ग गाउँपालिकास्थित विभिन्न पाटनमा लुकीछिपी यार्सागुम्बा…