काठमाडौं। याम्बालिङ हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको छ। प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँटड गरेपछि सर्वसाधारणलाई बिक्री खुलाएको हो। कम्पनीले आफ्नो जारी पुँजी ७० करोडको ४० प्रतिशत अर्थात् २८ करोड बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।…