काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र उनको जन्मथलो तनहुँको चुँदीरम्घालाई विश्वमा परिचित गराउन राष्ट्रिय गौरवको परियोजना अगाडि बढाइएको छ । नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने उद्देश्यका साथ गौरवको योजना अन्तर्गत ‘भानु साहित्य उद्यान’ निर्माणको प्रारम्भ गरिएको हो । उद्यानमार्फत नेपाली भाषीको भावनात्मक एकता र साहित्यिक पर्यटनलाई जोड्ने अपेक्षा गरिएको छ ।…