Logo

चीनबाट ल्याइने नागरिक राख्ने ठाउँको टुंगो आज लगाइने

सरकारले चीनबाट उद्धार गरेर ल्याउने नागरिकलाई राख्ने ठाउँ (क्वारेन्टाइन) को टुंगो मंगलबार लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सेना र प्रहरीका चिकित्सकसमेतको पाँच सदस्यीय टोलीले सोमबार सम्भावित २५ स्थानको अवलोकन गरेको छ । तर, निर्णय भइनसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘प्रधानमन्त्रीले दिएको समय मंगलबार सकिँदै छ, त्यसैअनुसार हामीले द्रुत गतिमा काम गरिरहेका…