भारत, बंगलादेश, अमेरिका, बेलायत, दक्षिण कोरिया, अस्ट्रेलिया, जापानलगायत देशले वुहानबाट नागरिक फिर्ता गरेर बेग्लै ठाउँ व्यवस्थापन गरी विशेष निगरानीमा राखेका छन् । तर, चीनबाट उद्धार गरेर ल्याएपछि नागरिकलाई घर पठाउने वा अलग्गै राख्ने भन्ने स्पष्ट छैन । चीनबाट नागरिक ल्याउने र उनीहरूको सुरक्षित व्यवस्थापन प्रबन्ध गर्ने प्रक्रियाको संयोजन गर्न मुख्यसचिव लोकदर्शन रेग्मीलाई जिम्मा दिइएको छ । नागरिक उद्धार…