बौद्धिक समूह नेपालले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारमा पूर्वप्राथमिक र प्राथमिक तहको शिक्षणसम्वन्धी कार्यशाला गोष्ठी गरेको छ । पूर्वप्राथमिक र प्राथमिक तहका शिक्षकलाई बाल मनोविज्ञानमा आधारित शिक्षण क्रियाकलाप सञ्चालन गर्ने, स्थानीय सामग्री प्रयोग गरेर शिक्षण सिकाईलाई प्रभावकारी बनाउने विधि अपनाउन उत्प्रेरित गर्न तीन दिने कार्यशाला गोष्ठी गरिएको बौद्धिक समूह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताए । …