काठमाडौं । घर बनाउने वा खरिद गर्ने योजनामा रहेका ग्राहकलाई लक्षित गर्दै कुमारी बैंकले आकर्षक घर कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले ७ वर्षसम्म वार्षिक ६.४९ प्रतिशत स्थिर (फिक्स्ड) ब्याजदरमा ‘कुमारी घर कर्जा’ उपलब्ध गराउने घोषणा गरेको हो। बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकले निश्चित अवधिसम्म एउटै ब्याजदरमा कर्जा सुविधा पाउने भएकाले मासिक किस्ताको योजना बनाउन…