काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाना पकाउने ग्यासको अभाव देखिनुमा उद्योगी वा व्यापारीको कालोबजारी नभई आपूर्तिमै कमी हुनु मुख्य कारण रहेको निष्कर्ष निकालेको छ । विभागका निर्देशक नरहरि तिवारीले ग्यासका अभावका सन्दर्भमा बजारमा गरिएको अनुगमनको विषयमा स्पष्ट पार्दै उद्योगले ग्यास लुकाएको वा कालोबजारी गरेको नभेटिएको बताएका हुन् । निर्देशक तिवारीले भने,…