Logo

विविध

ग्यासमा कालोबजारी र कृत्रिम अभाव छैन, समस्या आपूर्तिमै हो– वाणिज्य विभाग



काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाना पकाउने ग्यासको अभाव देखिनुमा उद्योगी वा व्यापारीको कालोबजारी नभई आपूर्तिमै कमी हुनु मुख्य कारण रहेको निष्कर्ष निकालेको छ ।

विभागका निर्देशक नरहरि तिवारीले ग्यासका अभावका सन्दर्भमा बजारमा गरिएको अनुगमनको विषयमा स्पष्ट पार्दै उद्योगले ग्यास लुकाएको वा कालोबजारी गरेको नभेटिएको बताएका हुन् ।

निर्देशक तिवारीले भने, ‘हाम्रो अनुगमन र विश्लेषणले ग्यासमा कालोबजारी भएको देखाउँदैन । अनुगमनका क्रममा बढी मूल्य लिएको, अनावश्यक सञ्चय गरेको वा कृत्रिम अभाव सिर्जना गरेको पाइएन ।’

बजारमा उपभोक्ताले ग्यास पाउन मुस्किल भइरहेको गुनासो गरिरहँदा विभागले भने यसलाई आपूर्तिमा भएको कमी भनेको छ ।

निर्देशक तिवारीका अनुसार बजारमा ग्यासको अभाव वास्तविक हो र यो व्यापारीले लुकाएर नभई आयात नै कम भएको कारणले सिर्जना भएको हो ।

यता आयल निगमले भने ग्यास आपूर्ति पर्याप्त रहेको बताउँदै आएको छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १९:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।