समाजमा लैंगिक समानताको कुरा जोडतोडले उठे पनि अझै कतिपय क्षेत्रमा विभेद कायम देखिन्छ । जनकपुरधामको एक मन्दिरमा बडा दसैँको १० दिनसम्म नारीलाई प्रवेशमा रोक लगाउने गरिएको छ । साक्षात देवीको मूर्ति रहेको राजदेवी मन्दिरमा नवरात्रि सुरु भएपछि पुरुष श्रद्धालुले मात्र पूजा एवं दर्शन गर्न पाउँछन् । महिलालाई भने सो अवधिमा मन्दिर प्रवेशमा रोक लगाउने गरिन्छ…