Logo

विविध

दशैँको पहिलो दिन आज घटस्थापना घरमा जमरा राखियाे



दशैँको पहिलो दिन आज घटस्थापना वसन्तपुरको दशैँ घरमा जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै आज बिहान ११:४६ को शुभसाइतमा जमरा राखिएकाे हो । 

कोरोना महामारीको त्रासका कारण सामान्य अवस्थामा जस्तो दशैँको मनाउन नसकिने बातावरण रहेपनि बिगतको बर्ष झैँ यसपालि पनि दसैं घरमा जमरा राखिएको हो । नवरात्रको पहिलो दिन नेपाली हिन्दूहरुको घरघरमा जमरा राख्ने गरेका छन् ।

बसन्तपुरमा भीडभाड हुने भएकाले स्वास्थ्य मापडण्ड पूर्ण रुपमा पालना गर्दैं जमरा राखेको हो । जमरा राख्ने दिन नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैंघरमा जमरा रोप्ने गरिदै आएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार १७:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।