इनरुवा । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झन्डा फहराइएको छ । इनरुवा नगरपालिका–७ मा निर्माणाधीन ग्रिन सिटी पार्कभित्र २१० फिट अग्लो राष्ट्रिय झन्डा फहराइएको हो । पाथीभरा देवीको मन्दिर निर्माणका लागि आयोजित पुराणका बिच इनरुवामा सो झन्डा राखिएको हो । पञ्चेबाजाको धुनसहित विशेष पूजाआजा गरी राष्ट्रिय झन्डाको झन्डात्तोलन गरिएको थियो । ग्रिन सिटी परियोजनाअन्तर्गत इनरुवामा…