काठमाडौं । यसवर्षको महाशिवरात्रिका लागि भारत तथा देशका विभिन्न भागबाट आएका साधुसन्त तथा जोगीको बिदाइ गरिएको छ । आज पशुपतिनाथ परिसरबाट ६ हजारभन्दा बढी साधुसन्तको एक साथ बिदाइ गरिएको हो । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रीका लागि पशुपतिनाथ दर्शन गर्न आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित २ सयदेखि ९ हजारसम्म दक्षिणा दिएर बिदाइ गरिएको…