सुर्खेत । अन्ततः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएका छन् । अहिले केहीबेरमा बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने उनको तयारी छ । केन्द्रमा कर्णाली प्रदेशको नेतृत्व एमालेले लिने सहमति भएपनि मुख्यमन्त्रीसहितका केही नेताहरूले एमालेलाई नेतृत्व हस्तान्तरण गर्न आनाकानी गर्दै आएका थिए । पार्टीभित्रै निर्णय कार्यान्वयन हुन समस्या भएपनि प्रधानमन्त्री तथा…