Logo

देउवाले प्रधानमन्त्री प्रचण्ड भेटेकै बेलामा गगनको दाबी : केही समयमै कांग्रेस सरकारमा फर्किन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले अहिले पार्टी सरकारबाट बाहिर रहेको भएपनि केही समयमै सरकारमा फर्किने दाबी गरेका छन् । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँगको सहकार्य थालेपछि कांग्रेस सरकारबाट बाहिर गएको अवस्थामा थापाले यस्तो दाबी गरेका हुन् । आज (शुक्रबार) ‘समुदायमा कांग्रेस अभियान’अन्तर्गत कपिलवस्तुको लबानमा आयोजित सभालाई सम्बोधन…