रूपन्देही। कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्षमाथि आक्रमण गरेको आरोप छ। कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कपिलवस्तुको कृष्णनगरमा भएको सामूहिक आक्रमण प्रकरणमा शाहको संलग्नता रहेको आरोप लागे पनि कारबाही नभएको भन्दै चौतर्फी दबाब बढेपछि कपिलवस्तु प्रहरीले मुद्दा…