नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उच्चपदस्थहरू जोडिएको ललितानिवास जग्गा हिनामिनाको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ। आइतबार रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने सिआइबीको तयारी छ । काठमाडौं जिल्ला अदालतले पक्राउ परेकालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न बुधबार अन्तिम म्याद दिएको थियो, जुन आइतबार सकिँदै छ । सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले आइतबारभित्रै…