Logo

हर्क साम्पाङलाई व्यक्तिको जग्गामा पसेर वृक्षरोपण नगर्न उच्च अदालतको आदेश

विराटनगर । उच्च अदालत विराटनगरले धरान उपमहानरपालिकाका मेयर हर्कराज राई ‘सम्पाङ’लाई सर्दु जलधारा क्षेत्रको व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा वृक्षरोपण नगर्न अन्तरिम आदेश दिएको छ । धरान ४ की रोजिना अधिकारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्चका न्यायाधीश मिलन राईको इजलासले अधिकारीले भोगचलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न र विरुवा नरोप्न आदेश दिएको हो…