काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त भएका छन् । पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता थापा राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त भएका हुन् । राप्रपाका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल २०७७ कात्तिकमा कांग्रेस प्रवेश गरेका थिए । उनी गत निर्वाचनमा धनकुटामा एमालेका राजेन्द्र राईसँग झिनो मतान्तरले पराजित भएका थिए । सुनिल…