नवलपुर । हेमा तामाङले तीन वर्षदेखि गैँडकोटस्थित सडक किनारमा मकै पोलेर बेच्ने गरेकी छन् । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डमा पर्ने नवलपुरको यस सडक किनारमा मकै पोलेरै उनले आफ्नो परिवार पाल्दै आएकी छन् । “गैँडाकोटमा उत्पादन भएको मकै ल्याएर ग्राहकको आवश्यकताअनुसार कसैलाई पोलेर त कसैलाई हरियो मकै नै बेच्ने गरेको छु”, तामाङले भनिन्, “मकै बेचेरै पाँच…