काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रमस्थल नजिकै बम बिस्फोट भएको छ। बुधबार भोजपुरको तिवारी भन्ज्याङमा प्रचण्ड सहभागी चुनावी सभास्थल नजिकै बम बिस्फोट भएको हो ।
बम कसले बिस्फोट गराएको हो भन्नेबारे खुलिसकेको छैन । बम विस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले बम बिस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
बुधबार प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित चुनावीसभामा सहभागी हुने क्रमअनुसार भोजपुर पुगेका हुन् ।




















प्रतिक्रिया