नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले नेकपाको एकता ताडेको आरोप लगाएका छन् । आज बिहीबार झापा क्षेत्र नम्बर ४, सिवगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एकठाँउमा बस्नै नसक्ने प्रचण्डको चूलबुले बानीका कारण नेकपाको एकता तोडेको आरोप लगाएका हुन् । पार्टी एकीकरण गरिसकेपछि एकतवद्ध पार्टीमा बसेर देश बनाउनुपर्नेमा केहि कार्यकर्तालाई प्रचण्डले अल्मलाएर आफैसँग लगेको…