मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बने अर्थतन्त्र सुधार गर्ने बताएका छन् । आज मकवानपुरको बकैया-४ जुरेलीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै देशमा रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लिङ्देनले पछिल्लो पाँच वर्षमा प्रतिनिधिसभामा एक्लै भए पनि राष्ट्रियता र जनताको हितमा वकालत गरेको बताए । देश बचाउने अभिभारा अब जनताको काँधमा आएको बताए । उनले सबै राजनीतिक दल एकातिर र राप्रपा अर्को तिर रहेको भन्दै बताउँदै राप्रपाका उम्मेदवारलाई मतदान गरी देश बचाउन आग्रह गरे ।
राप्रपा जनजातिप्रति अनुदार छ भनेर भ्रम फैलाइएको बताउँदै लिङ्देले आफू जनजाति कै छोरा भएको र जनताले पत्याए प्रधानमन्त्री भएर मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे ।




















प्रतिक्रिया