बैतडी । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै यहाँका उम्मेदवारले प्रचारप्रचारलाई तीव्रता दिएका छन् । यसले गर्दा चुनावी सरगर्मी पनि बढेको छ । निर्वाचन नजिकिँदै गर्दा विभिन्न आकलन पनि भइरहेका छन् । प्रतिनिधिसभाका लागि एकमात्र क्षेत्र रहेको बैतडीमा सत्ता गठबन्धन दल र नेकपा (एमाले)बीच मुख्य प्रतिस्प्रर्धा हुने देखिएको छ ।…