काठमाडौ ।इन्धन कटौतीपछि काठमाडौं महानगरपालिकाले अधिकारीहरूलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छन्। इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको उनले बताइन्। ‘विश्वभर इन्धनको अभाव छ। यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम…