काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले जेनजी घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । पहिलो क्याविनेटले कार्की आयोगको प्रतिवेदनमा सुरक्षाकर्मीको हकमा अध्ययन समिति बनाउने, दलका नेतालगायतका अरुको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो । सुरक्षा निकायहरुको हकमा भने छानबिन समिति बनाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।