काठमाडौं । ललितपुर–१ बाट बुद्धरत्न महर्जन विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार महर्जनले कांग्रेसका उम्मेदवार उदयशमशेर जबरालाई झण्डै १० हजार मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् । निर्वाचन परिणामअनुसार महर्जनले २३ हजार ३७३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री जबराले १३ हजार ५२० मत प्राप्त गरेका छन्…