Logo

राजनीति

सुदन गुरुङ उम्मेदवार रहेको गोरखा-१ मा मतगणना सुरु



गोरखा । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । भौगोलिक विकटताका कारण मतपेटिका सङ्कलनमा ढिलाइ हुँदा मतदान सम्पन्न भएको दुईदिनपछि मात्रै यसक्षेत्रको मतगणना सुरु भएको हो ।

जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मध्यान्ह्र १२ः३० बजेबाट मतगणना थालिएको मुख्यनिर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले जानकारी दिए ।

मतगणनाका लागि तारजालीसहितको सुरक्षा व्यवस्था मिलाइएको छ । गोरखा–१ मा रास्वपाका सुदन गुरुङ, कांग्रेसका प्रेम खत्रीसहित १२ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन् । रासस

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १३:०९   :  बजे

525
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।