काठमाडौँ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्राचार गरेको छ । बीबीसी वर्ल्ड सर्भिसले तयार गरेको वृत्तचित्र ‘सट लाइक द इनिमिज : इन्साइड नेपाल्स जेनजी अपराइजिङ’मा जेन–जी आन्दोलनका दौरान तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले निहत्था प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको उल्लेख गरिएको छ । आयोगका…