संसद्लाई प्रभावकारी बनाउन छाया सरकार गठन घोषणा गरेको प्रमुख प्रतिपक्ष कांग्रेसलाई आकांक्षी व्यवस्थापन गर्नै हम्म परेको छ । अधिकांशले शक्तिशाली र आकर्षक मन्त्रालय ताकेपछि अलमल बनेको हो । पार्टीभित्र र बाहिरसमेत प्रतिपक्ष भूमिका कमजोर भएको भन्दै आलोचना बढेपछि कांग्रेसले मन्त्रालयगत रूपमा सरकारको निगरानी बढाउन छाया सरकार बनाउने निर्णय लिएको थियो। तर सांसदहरूले वास्तविक सरकार गठनकै…