Logo

शान्ति सुरक्षाको माग गर्दै कांग्रेस विशेष महाधिवेशन पक्षधरले दियो सीडीओलाई पत्र

काठमाडौँ । कांग्रेसको विशेष महाधिवेशन पक्षधरले शान्ति सुरक्षाको माग गर्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी(सीडीओ)लाई पत्र लेखेको छ । दोस्रो विशेष महाधिवेशन सचिवालयका तर्फबाट मनोजमणी आचार्यले शान्ति सुरक्षाको व्यवस्थापनका लागि मंगलबार सीडीओ ईश्वर राज पौडेलसमक्ष आग्रह गरेका हुन् । विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा पुस २७ र २८ गते हुँदैछ ।