काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूचीबाट मिलन लिम्बुले नाम फिर्ता लिएका छन्। उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने निर्णय गरेको बताएका छन्। पार्टी र नेतृत्वसँगको सल्लाहअनुसार नै आफूले समानुपातिकतर्फ उम्मेदवारी दिएको तर पार्टी एकतापछिको अवस्थामा नेतृत्वको बाध्यता बुझ्दै नाम फिर्ता लिएको उनको भनाइ छ। ‘एकता र ध्रुवीकरणको यस चरणमा…