काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नवीकरण गरिसकेको बताएकी छन् । आज आयोजित पत्रकार सम्मेलनमा भण्डारीले आफ्नो सदस्यता यत्तिकै खारेज नहुने प्रष्ट पारिन् । उनले भनिन्, ‘मैले नवीकरण गरिसकेको सदस्यता हुलहुज्जत र उत्तेजनाको भरमा खारेज हुँदैन । यसको पनि प्रक्रिया हुन्छ ।’ यसैबीच उनले शुक्रबार आफू पार्टी सदस्य भएको ४५ वर्ष भएको,…