काठमाडौं । नेपाली कांग्रेसले गत श्रावण २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय सम्मेलनबाट सुझावसहित पारित प्रतिवेदनहरूलाई अन्तिम रूप दिई सार्वजनिक गरेको छ । सम्मेलनबाट प्राप्त सुझाव, परामर्श तथा छलफलका निष्कर्षहरूलाई समेट्न गठित कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिएपछि विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक प्रतिवेदनमा नेपाली कांग्रेसले आफ्नो स्थापना कालदेखि राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, लोकतन्त्र, सामाजिक…