बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारीलाई बदनाम गराएको अरोप लगाएका छन्। अनामनगरस्थित देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारण सभामा बोल्दै उनले लमिछानेलगायतले सहकारीको मूल्य मान्यताविपरीत कम्पनीमा ऋण लगेर सहकारीलाई बदनाम गराएको आरोप लगाएका हुन्। मन्त्री श्रेष्ठले सहकारीको पैसा कम्पनीमा लान नमिल्नेमा रवि लामिछानेहरुले…