काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई मंगलबार साँझ कास्कीबाट काठमाडौँ ल्याइएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा गत असोज ६ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएकाले बयानका लागि काठमाडौँ ल्याइएको हो । उनलाई मंगलबार साँझ विमानमार्फत काठमाडौँ ल्याइएको हो । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै जिल्ला प्रहरी…