Logo

कोशी प्रदेश

कोसीका पूर्वमन्त्रीलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव तस्करीमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

पूर्वमन्त्री अधिकारीसहित थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे ।

यसअघिको म्याद सकिएर मंगलबार उनलाई थप अनुसन्धान आवश्यक रहेको भन्दै अदालतमा पेस गरेको थियो । मन्त्री पदको दुरुपयोग गर्दै अवैध रूपमा मानिसहरू जापान लगेको आरोपमा उनी विराटनगरबाट पक्राउ परेका थिए ।

अवैधरूपमा जापान पठाएर मानव तस्करी गरेको आरोपमा अधिकारीसहित ९ जनामाथि काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : मंसिर ४, २०८१ मंगलबार  ५ : ३२ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।