काठमाडाैं । नेताविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवा धरौटीमा छुटेका छन्। सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालयले शुक्रबार नाै–नाै हजार रुपैयाँ धरौटी लिएर छाडेको हो। गत सोमबार काठमाडौंको टुँडिखेलमा गौरापर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताको विरोध…